Section 8
परिषद्को गठन :

(१) कोषको उद्देश्य पूरा गर्ने सम्बन्धमा नीति निर्माण गर्न तथा समितिलाई आवश्यक मार्गदर्शन एवं निर्देशन दिनको लागि कोषको सर्वोच्च निकायको रूपमा देहाय बमोजिमको एक लुम्बिनी विकास परिषद् गठन हुनेछ –

“(क)     संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री वा राज्य मन्त्री    -अध्यक्ष”

(ख) नेपाल सरकारले मनोनीत गरेको व्यक्ति – उपाध्यक्ष
(ग) … … …
(घ) नेपाल सरकारका सचिवहरू मध्येबाट नेपाल सरकारले मनोनित गरेका चारजना सचिवहरू – सदस्य
(ङ) सरकारी संस्था, गैरसरकारी बौद्ध संस्था र ख्यातिप्राप्त विशिष्ट विशेषज्ञहरूमध्येबाट नेपाल सरकाले मनोनीत गरेका चारजना व्यक्ति – सदस्य
(च) अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू र मानव निर्मित सम्पदा संरक्षणमा ख्याती प्राप्त व्यक्तिहरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेका चार जना व्यक्ति – सदस्य
(छ) नेपाल सरकारले मनोनीत गरेको व्यक्ति – कोषाध्यक्ष
(ज) नेपाल सरकारले मनोनीत गरेको व्यक्ति – सदस्य–सचिव
(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उपदफा (१) बमोजिमका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ।